×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
डिप्लोमा/प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फको कार्यक्रमको योग्यताक्रम सूची प्रकाशन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना ।

मिति : २०८३-०२-१७ गते

विषयः नतिजा प्रकाशन गरिएको सम्बन्धमा

 

डिप्लोमा/प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फको कार्यक्रमको योग्यताक्रम सूची प्रकाशन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना ।

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०८३/०१/२८ गते प्रकाशित सूचना अनुसार यस गण्डकी बहुप्राविधिक शिक्षालय, पोखरा-२९, मा डिप्लोमा/ प्रमाणपत्र तहका पूर्ण शुल्कीय तर्फका स्वास्थ्य कार्यक्रम तर्फ प्रमाणपत्र तह-सामान्य चिकित्सा, फार्मेसी कार्यक्रमहरु र इन्जिनियरीङ तर्फ (अटोमोवाईलसिभिल इन्जिनियरीङ) मा अध्ययनका लागि Online मार्फत प्राप्त आवेदनहरु रुजु गरी डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी विनियम, २०८३ बमोजिम एस्.एल.सी./एस.ई.ई. को नतिजामा प्राप्त अड्ङ्क/जि.पी.ए. का आधारमा र सामुदायिक तथा संस्थागत विद्यालय/शिक्षालयको अङ्कभारका आधारमा मिति २०८३/०२/१७ गतेको निर्णयानुसार मुख्य उम्मेदवार तथा वैकल्पिक उमेदवार सहितको योग्यताक्रम सूची र रद्द गरिएका आवेदकहरुको सूची सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

भर्ना हुन आवश्यक कागजपत्रहरु:

- सक्कल Application Acceptance Card  - २ प्रति

- योग्यताक्रमको प्रति

- शैक्षिक योग्यताको प्रमाणपत्र सक्कल – २ प्रति

- नागरिकता वा जन्मदर्ता प्रमाणपत्र सक्कल – २ प्रति

- छनौट भएको लक्षित वर्गको सक्कल प्रमाणपत्र – २ प्रति

- पासपोर्ट साईजको फोटो – ५ प्रति

पुनश्च :

(मुख्य उम्मेदवारको रुपमा छनौट भई भर्नाका लागि सिफारिश भएका उम्मेद्वारहरु मिति २०८३/०२/२६ गते मंगलवार कार्यालय समय भित्रमा यस शिक्षालयमा भर्ना हुन आउनु हुन यसै सूचनाद्वारा सूचित गरिन्छ ।)

 

नतिजा प्रकाशन भर्ना तथा रजिष्ट्रेशन प्रविष्ट कार्य टोली

गण्डकी बहुप्राविधिक शिक्षालय


नतिजा हेर्न दिइएको लिंकका हेर्नुहोला | 

१. प्रमाणपत्र तह-सामान्य चिकित्सा

२. डिप्लोमा इन फार्मेसी

३. डिप्लोमा इन सिभिल इन्जिनियरीङ

४. डिप्लोमा इन अटोमोवाइल इन्जिनियरीङ



2026-05-31