×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
निःशुल्क भर्ना खुल्यो । निःशुल्क भर्ना खुल्यो ।। निःशुल्क भर्ना खुल्यो ।।।

(मिति : २०८२-०६-२४, शुक्रबार)

निःशुल्क भर्ना खुल्यो । निःशुल्क भर्ना खुल्यो ।। निःशुल्क भर्ना खुल्यो ।।।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) र पोखरा महानगरपालिकाको साझेदारीमा संचालित यस गण्डकी बहुप्राविधिक शिक्षालयमा सामाजिक विकास, यूवा तथा खेलकूद मन्त्रालय, गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा शैक्षिक सत्र २०८२/८३ का लागि प्रि- डिप्लोमा तहका २४ महिने सिभिल इन्जीनियरिङ (Building Construction) र प्रारम्भिक बाल विकास सहजीकरण (ECDF) औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रमका लागि तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूले आवेदन फाराम भर्न यो सूचना प्रकाशित गरिएको छ |

१. आवश्यक योग्यताः

क) SEE वा सो सरहको परीक्षा उत्तीर्ण गरेको वा सो परीक्षाका सम्पूर्ण विषयको परीक्षामा सहभागी भएको,

ख. तालिम लिन इच्छुक व्यक्ति सम्बन्धित तालिम/प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम रहेको,

ग) कम्तिमा १६ वर्ष पूरा भएको नेपाली नागरिक,

घ) दलित, जनजाति, अपाङ्ग, मुस्लिम, मधेसी, दुर्गम क्षेत्र र विपन्नका हकमा सम्बन्धित स्थानीय निकायको सिफारिस पत्र 


२. औद्योधिक प्रशिक्षार्थी (Apprentice) ले पाउने सुविधाः

क) निःशुल्क अध्ययनको अवसर ।

ख) यातायात खर्च बापत प्रति प्रशिक्षाथी प्रति हाजिरी दिन रू. १००।- दरले उपलब्ध गराईने,


३. आवेदन फाराम साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरूः

क) स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35mmx45mm) को २ प्रति फोटो ।

ख) SEE वा सो सरहको परीक्षा उत्तीर्ण गरेको वा सो परीक्षाका सम्पुर्ण विषयको परीक्षामा सहभागी भएको

लब्धांकपत्र/प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

ग) नेपाली नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र प्रतिलिपि ।

४. छनोट प्रक्रियाः

क) सीट संख्या  : सिभिल इन्जीनियरिङ - २० जना, प्रारम्भिक बाल विकास सहजीकरण (ECDF) - २० जना |

ख) आवेदन फाराम भर्ने मितिः २०८२ असोज २६ गते देखि २०८२ कात्तिक २८ गतेसम्म

ग) आवेदन फाराम पाउने र बुझाउने स्थानः गण्डकी बहुप्राविधिक शिक्षालय, पोखरा-२९, भण्डारढिक |

ङ) अन्तर्वार्ता हुने मिति र समयः २०८२ मंसिर १ गते सोमबार, बिहान ९:०० बजे देखि

च) अन्तर्वार्ता संचालन हुने केन्द्रः गण्डकी बहुप्राविधिक शिक्षालय, पोखरा-२९, भण्डारढिक |


शैक्षिक प्रशासन,

गण्डकी बहुप्राविधिक शिक्षालय


1. Pre-diploma Level Apprenticeship Entrance Notice

2. Apprenticeship Nirdeshika Final

३. आवेदन फारम


2025-10-10